arin enterprises

महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान

SamacharDesk – बिराज | २०७९ जेठ २८, शनिबार

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।

कर्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।

उपमेयर डंगोलले भनिन्, ‘हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’ ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ ।

त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लागु गर्नेछौँ ।’ उनले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि अनुरोध गरिन् ।

Categorized in स्थानीय