स्ट्यान्डमा सेक्स डल राखेको आरोपमा एफ.सी. सोललाई जरिवाना तिराइयो
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ८, बिहिबार

प्राय पुरै विश्वमा कोरोनाभाइरस (कोभिड १९) को महामारी । महामारीका नियन्त्रणका लागि लकडाउन र सबैखाले गतिविधि वन्द ।
यस्तै परिस्थितीबीच संक्रमण नियन्त्रणतर्फ उन्मुख विभिन्न मूलुकहरु विस्तारै लकडाउन खुकुलो बनाउनुका साथै त्यहाँका विभिन्न गतिविधिहरुलाई निरन्तरता दिन थालेको छ ।
यस्तैमा विभिन्न मूलुकमा खेल गतिविधिहरु पनि सुचारु हुन थालेको छ ।
विभिन्न फुटबल लिगहरु विना दर्शकको रंगशालामा शुरु गरिएको छ ।
दक्षिण कोरियाको फुटबल लिग, लिग–के पनि यसरी नै विना दर्शकको रङ्गशालामा शुरु गरियो ।
लिग अन्तर्गत एक खेलमा भने दर्शकको अभाव मेट्न भन्दै स्ट्यान्डमा सेक्स डल राखिदिँदा चौतर्फीको आलोचना मात्र सामना गर्नुपरने, जरिवाना पनि तिर्नुपर्यो ।
कोरियन के लित अन्तर्गत गत आइतबार दक्षिण कोरियन क्लव एफसी सोल र ग्वान्जु बीच म्याच रहेको थियो ।
सो म्याचमा सोलले स्ट्यान्डमा दर्शकको रुपमा सेक्स डलहरु राखिँदिँदा चौतर्फी विरोध भएको थियो ।
यसको साथमा के लिगले सोललाई १ सय मिलियन कोरियन वन अर्थात् ९८ लाख ४ हजार २ सय रुपैयाँ जरिवाना पनि गरेको हो ।
चौतर्फी विरोध भएपछि क्लबले सोमबारै माफी समेत मागेको थियो, तर जरिवानाबाट भने बच्न सकेन ।
यद्यपि, सोलले स्ट्यान्डमा राखिएका उक्त मानव आकृति सेक्स डल भने नभएको बताइरहेको छ ।
सोलले उक्त खेल १–० ले जितेको थियो ।
Categorized in स्पाेर्ट्स