श्रीलंकाले भारतलाई हराउँदै जित्यो महिला एसिया कप
SamacharDesk | २०८१ श्रावण १३, आइतबार

महिला एसिया कप टी–२० आयोजक श्रीलंकाले बलियो प्रतिद्वन्द्वी भारलाई हराउँदै उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८.४ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
श्रीलंकाका लागि हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ।
हर्सिथा समराविकर्माले सर्वाधिक ६९ रन बनाए । उसले ५१ बलमा ६ चौका र दुई छक्काको सहयोगमा अविजित उक्त रन बनाएको हो ।
यस्तै कप्तान चामरी आथापाथाथुले ६१ र काभिसा दिलहारीले अविसिजत ३० रन बनाए। बलिङमा भारतका दीप्ति शर्माले एक विकेट लिए । चार ओभर बलिङ गरेकी उनले ३० रन खर्चिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धनाको अर्धशतकीय इनिङ्ससँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो।
भारतका लागि समित्री मन्दनाले सर्वाधिक ६० रन बनाए। रिचा घोषले ३०, जेमिम रोड्रिग्युजले २९, सफाली वर्माले १६ र हर्मानप्रित कौरले ११ रन बनाएको थियो ।
बलिङमा श्रीलङ्काका कविशा दिल्हारीले सर्वाधिक दुई विकेट लिइन्। सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले समान एक विकेट लिइन्।
Categorized in स्पाेर्ट्स