टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या
SamacharDesk | २०८१ भाद्र १२, बुधबार

अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ ।
भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा एक्लै बसोबास गर्दै आउनुभएका पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको जनाइएको छ ।
उनको छातीमा गोली हानिएको बताइएको छ । २०२१ मा आफ्नो अध्ययनका लागि अमेरिकामा आएकी उनी ह्यूस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे आफ्नो परिवारकी एकमात्र सन्तान थिइन्।
घटनाका बारेमा मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी गराइएको छ। सन्दिग्ध अपराधीको खोजतलास भइरहेको तर हालसम्म कसैलाई गिरफ्तार गरिएको छैन ।
अपार्टमेन्टका अधिकारीहरुले घटना थाहा भएपछि एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उहाँको मृत्यु भइसकेको जनाएका थिए ।
प्रहरीले सन्दिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध गरेको छ । रिपोर्टका अनुसार शनिबारदेखि नै उनको फोन बन्द थियो, जसले गर्दा यो घटना सप्ताहन्तमा नै भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा कुनै हतियार फेला परेको छैन र हत्याको उद्देश्य के थियो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उहाँको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो ।
उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
Categorized in अपराध