नेपालका लागि अमेरिकी राजदूतमा थम्प्सन
SamacharDesk – राम डंगोल | २०७८ चैत्र १६, बुधबार
डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो ।थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् ।
उनी हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए ।
थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव छ । मलेसियाको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, रोमानियाको अमेरिकी दूतावास, भारतको कोलकातामा कन्सुलर जनरल र श्रीलंकामा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव उहाँसँग रहेको छ ।
नेपालमा चीनसँग टकरावको स्थिति बढिरहेको बेला अमेरिकाले सुरक्षा मामिलामा दख्खल राख्ने वरिष्ठ कूटनीतिज्ञलाई काठमाडौं पठाउन लागेको हो ।
काठमाडौंस्थित राजदूत र्याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उहाँको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो ।
Categorized in राष्ट्रिय