युएईमा फेरि भिषण वर्षा
SamacharDesk | २०८१ बैशाख २०, बिहिबार

गत दुईसाता अघि मात्र भिषण वर्षा भएको युएईमा आज विहान फेरि भारी वर्षा भएको छ ।
विहानैदेखि भएको भारी वर्षाका कारण जनजीवन अस्तव्यसत बनेको छ । वर्षाबाट अबुधावी र दुवई क्षेत्रका वासिन्दाहरु बढी प्रभावित भएको जनाइएको छ ।
मौसम प्रक्षेपणले गरेको पूर्वानुमानभन्दा ३ घण्टाअघि नै वर्षा हुँदा यो अवस्था आएको बताइएको छ । आज बिहान राजधानी अबुधावीबाट पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा वर्षा सुरु भएको हो ।
विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारीका साथ सवारी साधन चलाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको छ ।
गत दुईसाता अघि आएको वर्षा र बाढीले ओमानमा कम्तीमा १९ जना र युएईमा एक जना गरी २० जनाको मृत्यु भएको थियो । युएईसहितका खाडी क्षेत्रमा वर्षमा केबल १–२ पटक मात्रै वर्षा हुने गर्छ ।
युएईले वर्षा बढाउन अक्सर क्लाउड सिडिङको तरिका अवलम्बन गर्दै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय