arin enterprises

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ७, शनिबार

 च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ ।

शुक्रबार युरोपियन फुटबल महासंघ (युइएफए) ले क्वार्टरफाइनलको ड्र सार्वजनिक गरेको हो ।

लिगको अन्तिम आठमा साविक विजेता वायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया डर्टमुन्ड, पोर्टो, रियल म्याड्रिड र पिएसजी गरि आठवटा क्लब पुगेका छन् ।

क्वार्टरफाइनलमा वायर्न म्युनिख विरूद्ध पिएसजी, म्यानचेस्टर सिटी विरूद्ध बोरुसिया डर्टमुन्ड, एफसी पोर्टो विरूद्ध चेल्सी, रियल म्याड्रिड विरूद्ध लिभरपुल खेल्नेछ ।

यस्तै सेमिफाइनलमा वायर्न म्युनिख र पिएसजी बीचकाे विजेताले म्यानचेस्टर सिटी र बोरुसिया डर्टमुन्ड बीचकाे खेलकाे विजेताविरूध्द खेल्नेछ । त्यसैगरी रियल म्याड्रिड र लिभरपुलबीचकाे खेलकाे विजेताले एफसी पोर्टो र चेल्सीबीचकाे खेलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

क्वार्टरफाइनल खेलकाे पहिलो लेग ६ र ७ अप्रिलमा र दोस्रो लेग १३ र १४ अप्रिलमा हुनेछ भने सेमिफाइनल खेलकाे पहिलो लेग २७ र २८ अप्रिल र दोस्रो लेग ४ र ५ मेमा हुने छ ।

फाइनल खेल २९ मेको दिन टर्कीको स्तानबुलमा हुने तालिका रहेकाे छ ।

Categorized in स्पाेर्ट्स