arin enterprises

वर्ल्ड नेवाः प्रश्नोत्तर प्रतियोगिता ११४३ हुने

SamacharDesk | २०८० श्रावण ४, बिहिबार

वर्ल्ड नेवाः अर्गनाइजेस (डब्लुएनओ)को आयोजनामा दोस्रो विश्व नेवाः प्रश्नोत्तर प्रतियोगिता ११४३ हुने भएको छ ।

डब्लुएनओले यही आउँदो भदौ २ गते शनिबारको दिनदेखि प्रतियोगितामा भाग लिन आह्वान गरेको छ । 

जूम अनलाइन प्रविधिको माध्यमबाट हुन लागेको प्रतियोगिता नेपाललगायत विश्वका जुनसुकै राष्ट्रका नागरिक भए पनि १८ वर्ष पूरा र १२ कक्षाका विद्यार्थीहरुले भाग लिन सक्ने डब्लुएनओले जनाएको छ ।

प्रतियोगितामा भाग लिन नेपाली टोलीलाई एक हजार र नेपाल बाहिर बसेका टोलीलाई २५ अमेरिकी डलर शुल्क लाग्नेछ । प्रतियोगितामा कूल ३२ टोलीबीच मात्र प्रतियोगिता हुने र उक्त टोलीलाई समूह विभाजन गरी एउटा समूहमा चार वटा टोली बनाई प्रतियोगिता गर्न लागेको आयोजकले बताए ।

यसरी पहिलो उत्कृष्ट चरणमा पहिलो हुने र दोस्रो हुने दुई टोली दोस्रो चरणमा प्रवेश हुने, दोस्रो चरणबाट उत्कृष्ट एउटा टोली तेस्रो चरणमा प्रवेश हुने र तेस्रो चरणबाट पनि उत्कृष्ट भएका प्रत्येक टोलीबीच फाइनल प्रतियोगिता हुने डब्लुएनओले जानकारी दिएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले १००० अमेरिकी डलर, दोस्रोले ८०० अमेरिकी डलर र तेस्रो हुनेले ६०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नछ ।

यसैगरी सान्त्वना विजेतलाई ४०० अमेरिकी डलर तथा प्रत्येक समूह विजेता टोलीर्ला ८० र सहभागी टोलीलाई ४० अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने व्यवस्था भएको आयोजकले बताएका छन् । प्रतियोगिता भदौ २ गतेदेखि २५ कात्तिकसम्म संचालन हुनेछ ।

Categorized in समाज