arin enterprises

गोली हानी श्रीमतीको हत्या

SamacharDesk | २०८१ आश्विन १०, बिहिबार

सर्लाहीमा एक युवकले आफ्नै श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।

सर्लाहीको हरिपूर्वा नगरपालिका–५ निवासी धीरेन्द्र यादवले २३ वर्षीया चित्रलेखा यादवको टाउकोमा गोली हानी हत्या गरेका हुन् ।

धीरेनले एक जना साथीसँगै मिलेर गएराति पौने २ बजेतिर गोली हानेको प्रहरीले जनाएको छ । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् ।

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएका छन् ।

सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

Categorized in अपराध