arin enterprises

श्रीलंकामा पाँच दिनमै संकटकाल हट्यो

SamacharDesk | २०७८ चैत्र २३, बुधबार

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको पाँच दिनमै खारेज गरिएको छ ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको थियो ।

तर गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल गए रातीदेखि खारेज गरिएको हो ।

संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो ।

कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति गोताबाय राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उहाँको सरकार अल्पमतमा परेको छ ।

राजापाक्षे सरकारका सवै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् ।

संकटकाल र कफ्र्युका बावजुद सरकार विरोधी प्रदर्शन जारी रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय