आजम र अजर पाकिस्तान क्रिकेट टिमका नयाँ कप्तान
SamacharDesk – विकाश | २०७७ जेठ १, बिहिबार

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)ले पाकिस्तानी क्रिकेट टिमका लागि दुइ विधामा दुई जना कप्तान चयन गरेको छ ।
पिबिसिले ब्याट्सम्यान बाबर आजमलाई एकदिवसीय र टि–२० टिमको कप्तान बनाएको छ भने टेस्ट क्रिकेटका लागि अजर अली कप्तान बनेका छन् ।
यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि आजमलाई नेतृत्व दिएको हो ।
यस्तै पीसीबीले २०२०–२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सूचीको ए श्रेणीमा ३ खेलाडी परेका छन् ।
कप्तानद्वय आजम र अलीसँगै शाहिन शाह अफ्रिदी क्याटेगोरी एमा छन् ।
सन् २०२०–२१ का लागि पीसीबीले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा दुई नयाँ खेलाडी पनि परेका छन् ।
सेन्ट्रल कन्ट्रयाक्टमा पहिलो पटक नसिम शाह र ईफ्तिकर अहमद पनि परेका छन् ।
तीव्र गतिका बलरत्रय हसन अली, वाहेब रियाज र मोहमद अमीरले भने पिसिबिसँगको केन्द्रीय सम्झौता गुमाएका छन् ।
उनीहरु पहिलो श्रेणीको सम्झौताबाट दोस्रो श्रेणीमा झारिएका छन् ।
Categorized in स्पाेर्ट्स