भुर्ण हत्यामा रोक
SamacharDesk | २०८० आषाढ १, शुक्रबार

नेपालमा लिङ्ग पहिचान गराई भु्रण हत्या गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयले त्यसमा रोक लगाएको छ ।
मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न÷नगराउन निर्देशन दिइएको जनाउनु भएको हो ।
अटेर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने पनि परिपत्रमा उल्लेख रहेको छ । मन्त्रालयको परिपत्र देखिने गरी स्वास्थ्य संस्था एवं प्रयोशागालाहरु टाँस्न पनि भनिएको छ ।
राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि भ्रुणको लिङ्ग पहिचानमा रोक लगाइएको जनाएको हो ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
Categorized in समाज