arin enterprises

एसी मिलान सिरी ए को शार्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २२, मंगलबार

एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ ।

गए राती भएको खेलमा बोलोग्नासँग गोलरहित बराबरी खेले पछि एसी मिलानले शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा केही राम्रा मौका खेर फालेपछि दुबै टिमले पाएको गोल गर्न सकेनन् ।

उक्त बराबरीपछि एसी मिलानले दास्रो स्थानको नापोलिसँग १ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा  पुग्यो ।

यो बराबरीसँगै एसी मिलान ३१ खेलमा ६७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । यस्तै समान खेलबाट ६६ अंक जोड्डै नापोली दोस्रो स्थानमा छन् ।

यस्तै पराजित बोलोग्ना ३४ अंकसहित १६ औं स्थानमा छ।

Categorized in स्पाेर्ट्स