arin enterprises

११ बर्षपछि एसी मिलान सिरि ए च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ९, सोमबार

एसी मिलानले इटालियन सिरि ए को उपाधि जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३–० गोलले हराएपछि एसी मिलानले ११ बर्षपछि उपाधि जितेको हो ।

खेलको १७ औं मिनेटमा जिरूडले गोल गर्दै एसीलाई अग्रता दिलाए ।  ३२ औं मिनेटमा टोलीको लागि र व्यक्तिगत दास्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३६ मिनेटमा फ्रांक केसीएले गोल गर्दै एसीलाई ३–०को जित दिलाए ।

यो जितसँगै शीर्ष स्थानको एसीले ३८ खेलमा ८६ अंक जोडेको छ ।

यो एसीको १९औं सिरि ए उपाधि हो भने पछिल्लो पटक उसले २०११मा उपाधि जितेको थियो ।

यस्तै गएरातिको अर्को खेलमा साम्पडोरियालाई ३–० ले पराजित गरे पनि इन्टर मिलान भने दोस्रो स्थानमा यथावत रहँदा नापोली तेस्रो र युभेन्ट्स चौथो भए।

Categorized in स्पाेर्ट्स