arin enterprises

पहिरो तथा सडक दुर्घटनामा मृत्यु

SamacharDesk | २०८१ भाद्र ९, आइतबार

गएराति परेको अविरल वर्षाका कारण रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ८ जना बेपत्ता भएका छन् भने कम्तिमा तीन वटा घर बगाएको छ ।

गएराति १२ बजेको समयमा परेको भीषण वर्षाका कारण गाउँ माथिबाट आएको पहिरोमा परी लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा सैलुङ गाउँपालिकाले जनाएको छ ।

बर्षाले वडा नंबर २ र ३ जोड्ने विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका ह्युमपाइप बगाएको स्थानीयले बताएका छन् । 

यता नारायणगढ मुग्लिङ सडकमा आज बिहान यात्रु वाहक बस दुर्घटना हँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाण्डौं आउदै गरेको बस विहान सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिाजले जानकारी गराउनुभयो । घाइतेहरूलाई उपचाकालागि भरतपुर तर्फ लगिएको छ ।

यसैबीच हिजो खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु जीप मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार हाइलक्समा सवार ४ मध्ये नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका हुन् ।

हाम फालेर जोगिएका भक्तपुर सूर्य विनायक नगरपालिका जगातीका सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

Categorized in राष्ट्रिय