arin enterprises

ज्यान मुद्दामा २७ वर्षदेखि फरार अभियुक्त पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ माघ १८, शुक्रबार

कर्तव्य ज्यान मुद्दामा २७ वर्षदेखि फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।

२०५४ सालमै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सजाँय फैसला भइसकेकी ६३ वर्षीया भिमादेवी भन्ने पार्वती आचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पर्वत फलेबास नगरपालिका २ घर भएकी हाल रुपन्देही जिल्ला कन्चन गाउँपालिका १० लौसा बस्दै आएकी आचार्यलाई पर्वत जिल्ला अदालतले २०५४ जेठ २० गते कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैद फैसला गरेको थियो ।

आचार्य सोही समयदेखि फरार रहँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले लौसाबाट पक्राउ गरेको हो ।

खोजतलासको क्रममा लौसामा लुकिछिपि बसिरहेको अवस्थामा आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिए ।

आचार्यलाई आज शुक्रवार जिल्ला अदालत पर्वतमा उपस्थित गराई अदालतको आदेशबाट कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Categorized in अपराध