एक्टिङ प्रतियोगीताको समय थपियाे
SamacharDesk – बिराज | २०७८ जेठ १४, शुक्रबार

उपत्यकाव्यापी एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ मा भाग लिनको लागि समयावधि बढाइएको छ ।
उपत्यकामा निषेधाज्ञाको अवधि लम्ब्याइएसँगै प्रतियोगीताको समयावधि पनि थप गरिएको हो ।
पूर्व निर्धारित मिति अनुसार प्रतियोगीतामा भाग लिने समय भोलि जेठ १५ शनिबार सकिँदैछ । यसै क्रममा आयोजक संस्था सुखावति मल्टि प्रोडक्सनले प्रतियोगीतामा भाग लिने समयावधि थपेको घोषणा गरेको हो ।
अब जेठ २९ साँझको ७ बजेसम्ममा भित्रिएका भिडियोहरु प्रतियोगीतामा समावेश हुनेछ ।
‘प्रतियोगीतामा भाग लिन इच्छुक महानुभावहरुबाट भाग लिने समयावधि थपिदिन अनुरोध आइरहेको थियो, लकडाउनको समय पनि बढाइएपछि प्रतियोगीताको समयावधि थपिएको हो’ आयोजक संस्था सुखावतिका अध्यक्ष सुरेन्द्र तुलाधरले बताए ।
समयावधि थप लगायत प्रतियोगीताका विभिन्न विषयको बारेमा आज दिउँसो ३ बजे फेसबुक लाइभमार्फत जानकारी दिन लागेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
हालसम्म २० जना भन्दा बढिले प्रतियोगीतामा सहभागीता जनाइसकेको प्रतियोगीता संयोजक भोगेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
Categorized in संस्कृति