arin enterprises

निमित्त प्रहरी महानिरीक्षक शाहीबाट निर्देशन

SamacharDesk – बिराज | २०७८ मङ्सिर ७, मंगलबार

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच शाहीले प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकवान र इमान्दार भई पूरा गर्न निर्देशन दिनुभयो ।

शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रही सामुहिक भावनाका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

आ–आफ्नो कार्यक्षेत्र अनुसार अन्य निकायहरूसँग समन्वय र समदूरी कायम गरी हरेक काममा सफलता हाँसिल गर्दै नेपाल प्रहरीको प्रतिष्ठा कायम राख्न उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिनुभएको थियो ।

Categorized in समाज