arin enterprises

अभिनेता सारुख ताम्राकारको मृत्यु

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २२, शुक्रबार

अभिनेता सारुख ताम्राकारको मृत्यु भएको छ । उनी रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

बिहीबार राति ३१ बर्षीय ताम्राकार घरको भर्‍याङको  रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला फरेको थियो ।

रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले राति ११ बजे प्रहरीलाई खबर गरेका थिए ।

अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । ताम्राकारको मृत्युको कारणबारे नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

ताम्राकारले ‘रानी’, ‘मेरी मामु’ इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो समय उनले चलचित्र ‘ह्यासट्याग माया’ मा काम गरिरहेका थिए ।

Categorized in पेजथ्री