arin enterprises

अभिनेत्री जया प्रदा फरार घोषित

SamacharDesk | २०८० फाल्गुण १७, बिहिबार

भारतीय जनता पार्टीका पूर्व सांसद तथा बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले फरार घोषित गरेको छ ।

लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई उत्तर प्रदेशस्थित रामपुरको एक अदालतले मंगलबार ‘फरार’ घोषित गरेको हो ।

जया विरुद्ध सन् २०१९को लोकसभा चुनावमा आचार संहिता उल्लंघन गर्ने उजुरी दर्ता भएको थियो । त्यस्तै उनीमाथि करिब ९ पटक गैर जमानती वारेन्टजारी गरेपछि पनि उनी लामो समयसम्म अदालतमा अनुपस्थित भएकि भारतिय संचारमाध्यमले जनाएको छ ।

अदालतले जयालाइ फरार घोषणा गर्दै सिआरपिसीको धारा ८२ को कारबाही गरेको छ ।

भारतिय संचारमाध्यमका अनुसार अदालतले पूर्वसांसद जयालाई ६ मार्च २०२४ मा अदालतमा उपस्थित गराउन विशेष टोली गठन गर्न प्रहरी उपरीक्षकलाई आदेश दिएको छ ।

Categorized in पेजथ्री