arin enterprises

वरिष्ठ संगीतकर्मी सायमि र रन्जुको ‘ए मयजु’ गीत सार्वजनिकः भिडियाेसहित

SamacharDesk – बिराज | २०८१ आश्विन १४, सोमबार

वरिष्ठ संगीतकर्मी बुद्ध सायमि र गायिका रन्जु श्रेष्ठबाट गाइएको नेपालभाषाको गीत ‘ए मयजु छ जिगु न्ह्यलय्’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ संगीतकर्मी सायमिकै युट्युब च्यानल अडियो नेपालबाट यो म्यूजिक भिडियो सार्वजनिक भएको हो । अडियो नेपाल युट्युब च्यानलमार्फत आज (सोमवार) विहान म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएको औपचारिक घोषणा भने आज बेलुकी टिकटकको एक कार्यक्रम मार्फत गरिने वरिष्ठ संगीतकर्मी सायमिले जानकारी दिएका छन् ।

सायमिले नयाँ कलाकारहरुको लागि भन्दै हरेक दिन बेलुकी टिकटकमा ‘म गीत गाउन सक्छु’ कार्यक्रम संचालन गर्दै आएका छन् । सोही कार्यक्रममा आज बेलुकी यस म्यूजिक भिडियो सार्वज्निक भएको औपचारिक घोषणा गर्न लागिएको हो ।

आफुले अनुभव र ज्ञान नयाँ कलाकारहरुमा हस्तान्तरण गर्ने उद्देश्यले मैले ‘म गीत गाउन सक्छु’ कार्यक्रम संचालन गर्दै आएको हो । यसै कार्यक्रममार्फत थुप्रै नयाँ कलाकारहरुले अवसर पाइरहेका छन् । रन्जु बहिनीको पनि गीत आएको छ, सबैले माया गरिदिनुहोला’ सायमिले आग्रह गरे ।

यो गीत सार्वजनिक हुँदा गायिका रन्जु श्रेष्ठले आफु निकै खुसी भएको बताइन् ।

‘बुद्ध दाईको नाम धेरै सुन्दै आएको हो, उहाँले संगीत दिनुभएको, संगीत संयोजन गर्नुभएको गीतहरु धेरै सुन्दै आएको हो । आज उहाँसँगै युगल गीत गाउन पाउँदा निकै खुसी छु’ गायिका रन्जुले बताइन् ।

गायिका रन्जुको यस अघि सायमिकै संगीतमा गणेश भजन ‘जय गणेश भगवान’ सार्वजनिक भइसकेको छ भने अर्को गीत ‘हावा’ रिलिजको तयारी हुँदैछ ।

हाल रिलिज भएकाे यस म्यूजिक भिडियोमा मोडलद्वय महेन्द्र खड्गी र मीरा डंगोल मुख्य कलाकारको रुपमा छन् भने प्रशन्न कर्माचार्य, अमला कर्माचार्य, राम कुमार मानन्धर र बिमला मानन्धर सहायक कलाकारको रुपमा छन् ।

म्यूजिक भिडियोमा कोरीयोग्राफी कलाकार महेन्द्र खड्गीले गरेका छन् । गीतको छायाङ्कन गोकर्णेश्वरको पंडित गाउँमा गरिएको छ ।

वरिष्ठ संगीतकर्मी सायमिले यो गीत गाउनुको साथै छायाङ्कन, भिज्युअल एडिटिङ र निर्देशन समेत गरेका छन् ।

सायमिको संगीतमा गायिक सरिस्मा अमात्यको ‘म तिमिलाई माया गर्दछु’ र संगीत संयोजनमा गायिका नलिना चित्रकारको ‘किन किन दिल मेरो’ लगायतका थुप्र्र गीतहरु लोकप्रिय छन् ।

Categorized in पेजथ्री
SKIP THIS dahain 2081