arin enterprises

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

SamacharDesk | २०८१ आषाढ १२, मंगलबार

जारी विश्वकप टि–ट्वान्टीमा अफगानिस्तानले बंगलादेशलाई हराएसँगै सुपर आठ समिकरण पूरा भएको छ ।

आज विहान सेन्ट सिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा बंगलादेशलाई ८ रनले हराउँदै अफ्गानिस्तान सेमिफाइनलमा पुगेको छ ।

अफ्गानिस्तान पहिलो पटक विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको अफ्गानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो ।

वर्षाले प्रभावित खेलमा बंगलदेशले १९ ओभरमा ११४ रनको नयाँ लक्ष्य पायो । तर बंगलादेशी टोली १७ ओभर ५ बलमा १०५ रनमै समेटियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रन जोडे । बलिङतर्फ बंगलादेशका रिसाद हुसेनले तिन विकेट लिए । जितसँगै अफ्गानिस्तान समुह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

यो समुहका सबै तिन खेल जितेको भारत समुह विजेताको रुपमा सेमिफाइलमा पुगिसकेको छ । आजको खेलसँगै विश्वकप टि ट्वेन्टी क्रिकेटको सेमिफाइनल समिकरण तय भएको छ ।

सेमिफाइनलमा भारत र इंग्ल्याण्ड भिड्दा अफ्गानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082