arin enterprises

दक्षिणकाली र भूमि आयोगबीच सम्झौता

SamacharDesk – बिराज | २०७९ पौष ४, सोमबार

सुकुम्वासी समस्याको समाधानका लागि पहल गर्न राष्ट्रिय भूमि आयोग र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको छ ।

सोमबार राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालय ताहाचलमा आयोग र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा आयोगका तर्फबाट केन्द्रीय अध्यक्ष केशव निरौला र नगरपालिकाकातर्फबाट दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार नगरपालिका क्षेत्रभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनमा नगरपालिकाले आयोगसँग सहकार्य गर्नेछ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन, संकलित लगतमा छानबिन नगरपालिकाले गर्ने सम्झौतामा भनिएको छ ।

यसको लागि नगरपालिकाले सहजीकरण समिति बनाउने, सेवा केन्द्र कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन पनि गर्ने सम्झौतामा उल्लेख छ ।

यी सम्पूर्ण कार्य कार्यान्वयन गर्न नगरपालिकाले निर्देशन दिई वडालाई परिचालन गर्नेछ ।

भूमि आयोगले सम्झौता गरेका स्थानीय तहमध्ये काठमाडौं जिल्लाभित्र दक्षिणकाली नगरपालिका आठौं हो । काठमाडौं जिल्लाभित्र काठमाडौं महागनरसहित ११ स्थानीय तहमध्ये नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र शंखरापुर नगरपालिकामा मात्र सम्झौत गर्न बाँकि रहेको आयोगले बताएको छ ।

Categorized in राष्ट्रिय