arin enterprises

भारतस्थित अमरनाथ तीर्थयात्रा स्थगित

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ७, बुधबार

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा यो वर्ष अमरनाथ तीर्थयात्रा स्थगित गरिएको छ ।

भारतमा दिनप्रतिदिन कोभिड १९ का नयाँ संक्रमितहरुको संख्या बढ्दै गएसँगै सावधानी अपनाउनका निम्ति भन्दै यस्तो कदम चालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारत प्रशासित क्षेत्र काश्मीरस्थित हिमालय भेगको एक गुफा भित्र रहेको अमरनाथमा दुई महिनासम्म तीर्थयात्रीहरुको घुइँचो लाग्ने गर्दछछ । 

मंगलबार भारतभर थप भएका १५ हजार नयाँ संक्रमितमध्ये यस क्षेत्रमा मात्रै ६ सय ८ जना रहेका थिए ।

यसरी दिनहुँ ठुलो संख्यामा नयाँ संक्रमितहरु थपिरहँदा तीर्थयात्रा खुला गरिए तीर्थयात्रीहरुको स्वास्थ्य संकटमा पर्न सक्ने यात्रा आयोजक समितिको भनाई रहेको छ । 

तीर्थयात्रा स्थगितको घोषणा गरिएसँगै आयोजक समितिले त्यहाँ हुने पूजाआजाको भने लाइभ टेलिकास्ट गर्ने निर्णय गरेको छ ।

अमरनाथ तीर्थयात्रा रोकिएको यो पहिलो पटक भने होइन । गत वर्ष पनि तीर्थयात्रा रोकिएको थियो ।

गत वर्ष भारत सरकारले काश्मीरमा भइरहेको युद्धको प्रत्यक्ष निगरानी गर्नका लागि भन्दै संविधानको ३७० धारा प्रयोग गरेको थियो । यसै कारणले गत साल पनि तीर्थयात्रा रोकिएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय