एम्बाप्फे रियाल मड्रिडमा प्रवेश
SamacharDesk | २०८१ श्रावण १, मंगलबार

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका फरवार्ड एमबाप्फे स्पेनिस क्लब रियाल मड्रिडमा प्रवेश गरेको छ ।
पीएसजीसँगको सम्झौता समाप्त भएपछि एमाबप्पेले रियालमा गएका हुन् । रियालमा एक महिना अघि आवद्ध भएका एमबाप्पेलाई सार्वजनिक गर्दा उनका समर्थकहरुको घुँइचो लागेको थियो ।
उनको अहिलेसम्म २५६ गोलको रेकर्ड रहेको छ । पीएसजीमा ६ वर्ष बिताउँदा कुल १७ उपाधि जितेका उनले पीएसजीबाट ६ लिग वान, चार फ्रेन्च कप, पाँच फ्रेन्च सुपर कप र दुई लिग कपको उपाधि जितेका छन् ।
विश्वकै सबैभन्दा ठूलो क्लबमा आवद्ध भएको भन्दै उनले रियाल मड्रिडका लागि आफनो तर्फबाट ठुलो योगदान रहने प्रतिक्रिया दिए ।
रियाल मड्रिडमा आवद्ध हुने आप्mनो सपना पुरा भएको समेत उनले बताएका छन् ।
पीएसजीमा रहँदा सधैं १० नम्बरको जर्सी लगाउने गरेका एम्बापेले रियाल मड्रिडबाट भने ९ नम्बर जर्सी लगाउने छन् ।
Categorized in स्पाेर्ट्स