ईजरायलका लागि नेपाली राजदूत शाक्य उत्कृष्ट राजदूत अवार्डबाट सम्मानित
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ ११, आइतबार

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् ।
एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो ।
इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको छ ।
‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले सम्मानका लागि इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरेको जनाएको छ ।
९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत शाक्य सम्मानित भएकी हुन्।
९० वटै देशका राजदूतले उनको पक्षमा मत जाहेर गरेपछि शाक्य यो सम्मानबाट सम्मानित भएकी हुन् ।
यो सम्मानले नेपाल र नेपालीको शिर उच्च बनाएको राजदूत शाक्यले भन्नुभयो ।
‘यो मेरो सम्मान होइन, यस सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा मैले लिएकि छु’ राजदूत शाक्यले भनिन् ।
राजदूत शाक्यले आफूलाई यो सम्मानबाट सम्मानित हुन सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई पनि धन्यवाद दिनुभयो ।
अवार्डबाट सम्मानित हुने डा. शाक्य नेपालको मात्र होइन, एसियाकै पहिलो राजदूत हुन् । यसअघि यूरोप र अमेरिकी मुलुकका राजदूतले मात्र यो सम्मान पाउँदै आएका थियो ।
शाक्य २०७५ फागुन ३ गते राजदूत नियुक्त भएकी हुन् । शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गर्दै आउनु भएको छ ।
राजदूत शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी हुनु भएकोमा धन्यवाद दिनुभयो ।
डा. शाक्यले राजदूत भएर पद बहालीपछिको यो अवधिमा इजरायल र नेपाल बीच विभिन्न विषयमा सम्झौता गरी इजरायलबाट नेपाललाई प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य लगायतमा सहयोग दिलाउन उल्लेख्य भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
शाक्यको पद वहालीपछि भएका उल्लेखनीय कामहरु
केही दिन अघि मात्रै डा. शाक्यकै पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देश बिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।
डाक्टर शाक्यले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राख्नुभएको थियो ।
गत मंसिरमा डाक्टर शाक्यकै पहलमा इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनका लागि नेपाल आएको थियो ।
शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट गरेको थियो ।
विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट लगायतमा सहयोग गर्न चासो देखाएको थियो ।
डाक्टर शाक्यले राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो ।
पछि शाक्यकै पहलमा गलत सूचना सच्याउने काम भएको थियो ।
उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा नेपालको राखिएको छ ।
Categorized in राष्ट्रिय