एमसीसीमार्फत नेपाललाई सहयोग गरिरहेको उपविदेशमन्त्री न्यूल्याण्डको भनाई
SamacharDesk | २०७९ माघ १६, सोमबार

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहनु भएका न्यूल्याण्डले सोमबार ललितपुरमा पत्रकार सम्मेलनमा एमसीसी परियोजनामार्फत नेपालको आर्थिक विकासमा अमेरिकाले सहयोग गरिरहेको बताउनु भयो ।
उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहको अपराध रोक्न प्रविधिगत सहयोग गर्ने विषयमा प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा आपसी हितका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेपाल र अमेरिकाबीचको द्विवपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनुभयो । सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो ।
यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।
नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
Categorized in राष्ट्रिय