arin enterprises

अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

SamacharDesk | २०८१ बैशाख २३, आइतबार

अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् ।

बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो । विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ ।

कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ ।

फेब्रअरीमा, बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशत थियो ।

ब्यूरोले अगस्ट २०२३ देखि बेरोजगारी दर ३.७ प्रतिशतदेखि ३.९ प्रतिशतको साँघुरो दायरामा रहेको उल्लेख गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय