अमेरिका युनेस्कोमा पुनः सहभागी हुने
SamacharDesk | २०८० जेठ ३०, मंगलबार

संयुक्त राष्ट्र अमेरिका युनेस्कोमा पुनः सहभागी हुने भएको छ ।
सन् २०१७ मा युनेस्कोको सदस्यता त्यागेको अमेरिका आगामी जुलाईदेखि पुनः सहभागी हुन लागेको हो ।
संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व सरकारले सदस्यता त्याग्ने निर्णय गरेको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार पछिल्लो समय युनेस्कोमा चीनको भूमिका बढ्न थालेपछि अमेरिका फेरि सहभागी हुन लागेको हो ।
प्यालेस्टाइनलाई सदस्यता दिनुअघि सन् २०११ सम्म युनेस्कोको बजेटमा अमेरिकाको सबैभन्दा धेरै योगदान थियो ।
अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर तिर्दै आएको थियो ।
पुनः सहभागी हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरुको महासभामा पेस गर्नुपर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय