भारत र चीनबीचको तनावको विषयमा बोल्यो अमेरीका
SamacharDesk – विकाश | २०७७ आषाढ ५, शुक्रबार

लद्दाखमा चाइना र भारतीय सेनाबीच भएको भिडन्तको विषयमा अमेरीकाले पहिलोपल्ट बोलेको छ ।
अमरीकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमार्फत भारतलाई समवेदना पोखेका छन् ।
माइक पोम्पेओले ट्वीट गर्दै भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको मृत्युको लागि भारतीयहरुलाई गहिरो समवेदना प्रकट गर्न चाहन्छौं । शोकको यो घडीमा हामी ती सैनिकहरुको परिवार, उनीहरुको घनिष्ठ र समुदायलाई स्मरण गर्दछौं ।’
We extend our deepest condolences to the people of India for the lives lost as a result of the recent confrontation with China. We will remember the soldiers' families, loved ones, and communities as they grieve.
— Secretary Pompeo (@SecPompeo) June 19, 2020
साथमा, अमेरीका भारत र चीनको तनावका बीच अमरीकाले चीनसँग आफ्नो सम्वन्धमा रहेको तिक्तता मेटाउनका लागि पनि जुटेको छ ।
यसैक्रममा बुधवार अमरीकी विदेशमन्त्री पोम्पेओ र चीनको शीर्ष कूटनीतिक याङ जिचीलाई हवाईमा भेटवार्ता गर्दै सात घन्टा लामो छलफल गरेका थिए ।
चीनले पनि यस भेटवार्तालाई रचनात्मक भनेको छ ।
भेटवार्तामा याङले हङकङ, ताइवान र शिन्जियाङको मुद्दामा हस्तक्षेप नगर्न अमेरीकालाई भनेको विविसिले जनाएको छ ।
पोम्पेओ भने कोभिड १९ महामारीको सम्वन्धमा सबै सूचनामा पूरी पारदर्शिता कायम गर्न चीनलाई आग्रह गरेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय