arin enterprises

महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

SamacharDesk | २०८० आश्विन २४, बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

राष्ट्रसंघका महासचिव गुटेरेसले यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।

गुटेरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत तय भइसकेको थियो । तर इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबिच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो ।

मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेकोमा त्यो पनि हाललाई रोकिएको छ ।

गुटेरेसको नेपाल भ्रमण केही समयपछि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय