arin enterprises

थप एक संक्रमितको मृत्यु, मृतक संख्या २४ पुग्यो

SamacharDesk – विकाश | २०७७ आषाढ ९, मंगलबार

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपचारको क्रममा हिजो राती ९ः३० बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

क्षयरोग र दमको समेत समस्या भएका उनी उपचारका लागि दुल्लु अस्पताल पुगेका थिए भने थप उपचारका लागि असार ३ गते प्रादेशिक अस्पताल सुर्खेत रिफर गरीएको थियो ।

कोरोना परिक्षणका लागि सोही दिन उनको स्वाब संकलन गरिएको थियो भने असार ४ गते आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण भएको मृत्यु संख्या २४ पुगेको छ ।

Categorized in समाज