arin enterprises

अर्जेन्टिना बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १, मंगलबार

 कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो ।

तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

अर्जेन्टिनाका निकोलसले भिडाललाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताबाट चिलीलाई पेनाल्टीको अवसर दिईएको थियो ।

यस बराबरीसँगै समूह ‘बी’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । 

Categorized in स्पाेर्ट्स