ग्लोबल ब्राण्ड आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ १९, शनिबार

विश्वका विभिन्न देशमा आफ्नो कार्यालय स्थापना गरिसकेको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा विस्तार भएको छ ।
भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले उदघाटन गरिन् ।
सो अवसरमा उपप्रमुख जोशीले भक्तपुर जिल्लामा पनि एउटा गुणस्तरिय एजुकेशन कन्सल्टेन्सी आएको भन्दै खुशी ब्यक्त गरिन् ।
उनले यस कन्सल्टेन्सीले यहाँका विद्यार्थीहरुलाई विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँको अध्ययन आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा आर्गस एजुकेशनका प्रमुख कार्यकारी अधिकृत अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार र निर्देशक किरण सुवालले संस्थाको भावी योजना र सेवाहरुको बारेमा प्रकाश पारे ।
आर्गस भक्तपुर शाखाका अध्यक्ष अच्युत प्रजापतिले भक्तपुरमा आर्गसको शाखा विस्तारले यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ धाइराख्नुपर्ने झन्झटबाट मुक्त हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार लगायतको उपस्थिती रहेको थियो ।
आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको छ ।
यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै IELTS PTE तयारी कक्षा, करियर काउन्सिलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त व्यक्तित्वहरुले प्रदान गर्दै आएको छ ।
विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ ।
Categorized in बिजनेस