arin enterprises

हत्या गरी फरार रहेका पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

एक व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई आज प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ ।

भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

शर्माले हिजो राति काठमाडौंको बाईपास ओरालोस्थित सडकमा छुरा प्रहार गर्दा मियाँ गम्भीर घाइते भएका थिए । घाइते भएका मियाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

मियाँलाई छुरा प्रहार गरी सुवोध फरार भएका थिए । प्रहरीले सुवोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना.१ ज ७५६२ नम्बरको सुमो गाडीमा फेला पारी पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध