arin enterprises

कारागारबाट फरार भएको १४ वर्षपछि पक्राउ

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ १७, बिहिबार

डिल्लीबजार कारागारबाट फरार भएका एक व्यक्ति फरार भएको १४ वर्षपछि पक्राउ परेका छन् ।

वैदेशिक रोजगार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका ४५ वर्षीय पेशल राज बुढाथोकीलाई उक्त कारागारबाट फरार भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेकाे हाे ।

ओखलढुङ्गा जिल्ला तत्कालीन सिमोदेवी गाविस कुवाखानी हाल लिखु गाउँपालिका वडा २ का हाल काठमाडौं गोंगबुँ बस्दै आएका बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले बुढाथोकीलाई टोखा नगरपालिका ९ गोंगबुँबाट पक्राउ गरेको हो ।

बुढाथोकीलाई बैदेशिक रोजगार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०६६ श्रावण ११ गते ३ वर्ष कैद र ३ लाख रुपैयाँ फैसला भएको थियो ।

२०६६ फागुन २५ गते बुढाथोकीलाई डिल्लीबजार कारागार पठाइएकोमा उनी त्यहाँबाट २०६७ श्रावण २९ गते फरार भएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Categorized in अपराध