फेसबुकमा धार्मिक सहिष्णुता खलल गर्ने पाेस्ट गर्ने पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ माघ २८, सोमबार

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
फेसबुकमा धार्मिक सहिष्णुता खलल गर्ने खालका सामग्री पोस्ट गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्र राज राई पक्राउ परेका हुन् ।
राईलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा धरानबाट पक्राउ गरेको हो ।
राईमाथि फेसबुक लगायतबम डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्याउने र घृणा वा द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामग्री तयार गरी प्रसारण गर्ने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
राई उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध