गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ जेठ २, बुधबार

ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडीहरु चोरीको घटना संलग्न रहेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्वा गाउँपालिका–५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई पक्राउ गरेको हो ।
बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरीको घटनामा संलग्न रहेको आरोपमा गौतम पक्राउ परेका हुन् ।
गौतमलाई काभ्रे भुम्लु गाउँपालिका–१० दोलालघाटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई पक्राउ गरेको हो ।
उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो ।
साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो ।
गाैतमलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध