arin enterprises

बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ माघ २, शुक्रबार

एक ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

बालिकालाई जनरजस्ती गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटनाका २८ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरिएको हो ।

बिकले बालिकालाई जबरजस्ती गर्नुका साथै कुटपिटसमेत गरी घाइते बनाइदिएको बताएको छ ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले होम बहादुरलाई पक्राउ गरेको हो ।

बालिकालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो भने थप उपचारको लागि बीर अस्पताल रिफर गरिएको छ ।

Categorized in अपराध