arin enterprises

किशोरीलाई जबरजस्ती गर्ने युवक पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र १८, बुधबार

एक १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् ।

काठमाडौंको डल्लु बस्ने काभ्रे चौरीदेउरालीका २३ वर्षीय ओम पहरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा ओमले हलचोकस्थित मेहरगेष्ट हाउसमा किशोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले ओमलाई पक्राउ गरेको हो ।

घटनाको सम्वन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Categorized in अपराध