आफ्नै छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ बैशाख १५, बुधबार

आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा कपिलवस्तुबाट एक पुरुष पक्राउ परेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा पुरुषले आफ्नै १५ वर्षीया छोरीलाई दुई पटक जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उक्त पुरुषलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध