arin enterprises

अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई एक महिलालाई ब्याकमेल गरेको अभियोगमा सिराहाबाट एक जना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलालाई अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर–४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई सोही ठाउँ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको थियो । उनीहरुले सो भिडियो देखाएर व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएका थिए ।

घटनाको बारेमा खबर पाएपछि ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीको टोलीले अजयलाई पक्राउ गरेको हो ।

जितन राम भने फरार रहेका छन् । फरार जितन रामको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध