arin enterprises

सुनसरीमा ब्राउनसुगर सहित एक जना पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर २, मंगलबार

सुनसरीको इनरुवामा लागूऔषध ब्राउनसुगरसहित एक पुरुष पक्राउ परेृका छन् ।

इनरूवा नगरपालिका–४ बसचोकबाट ८ ग्राम ८ सय ९० मिलिग्राम ब्राउनसुगर सहित इटहरी उपमहानगरपलिका–२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङलाई आज (मंगलबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको प्र.१–०२–०५६ प ८२०५ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक गोबिन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध