आर्सनल अन्तिम आठमा प्रवेश, टोटनह्याम बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ६, शुक्रबार

इंग्लिस क्लब आर्सनलयुरोपा लिगको अन्तिम आठमा प्रवेश गरेकाे छ ।
ग्रिस क्लब ओलम्पियाकोसलाई समग्रमा ३–२ गोलले पराजित गर्दै आर्सनलले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पहिलो लेगमा आर्सनल ३–१ गोलले विजयी भएको थियो । बिहीबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई ओलम्पियाले १–० ले हरायो । तर पहिलो लेगमा हात पारेको जित आर्सनललाई अन्तिम आठमा पुग्न पर्याप्त भयो ।
ओलम्पियाको लागि युसुफ अल–अरबीले ५१ औं मिनेटमा गोल गरे ।
त्यस्तै यता अर्को इंग्लिस क्लब टोटनह्याम भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
टोटनह्यामलाई क्रोएसियाको डाइनामो जग्रेब क्लबले समग्रमा ३–२ गोलले गोलले पराजित गर्यो ।
पहिलो लेगमा टोटनह्यामले २–० को जित हात पारेको थियो । बिहीबार डाइनामोको घरेलु मैदान स्टाडियन माक्सिमिरीमा भएको दोस्रो लेगकाे खेलमा डाइनामोले टोटनह्यामलाई ३–० गोलले पराजित गर्याे ।
टोटनह्यामलाई पराजित गर्दै डाइनामोले अन्तिम आठमा आफ्नो स्थान बनाएको छ ।
डाइनामोको लागि तीनैवटा गोल मिस्लाव ओर्सिकले गरे । उनले खेलको ६२, ८२ र १०६ मिनेटमा गोल गरे ।
Categorized in स्पाेर्ट्स