arin enterprises

आर्सनलले हरायो म्यान्चेस्टरलाई

SamacharDesk | २०८१ बैशाख ३१, सोमबार

गएराती भएको आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेलाई १–०ले पाखा लगाउँदै आर्सनल विजयी भएको छ ।

म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन लियान्द्रो ट्रोसार्डले २० औं मिनेटमा गरेको गोल निर्णायक भयो ।

यो जितपछि आर्सनल फेरी लिग तालिकाको शिर्ष स्थानमा फर्किएको छ । ३७ खेलबाट आर्सनलको ८६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८५ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको लिभरपुलको ३६ खेलबाट ७८ अंक छ । आर्सनलको गएरातिको जितसँगै यो सिजनको प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम चरणको खेलबाटै हुने भएको छ ।

लिगमा अब आर्सनलले एभर्टनसँग खेल्न बाँकी छ भने म्यान्चेस्टर सिटीले टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेडसँग खेल्न बाँकी छ ।

Categorized in स्पाेर्ट्स