arin enterprises

कनिष्ठ बालक नाइके हुने असं चालं सम्पन्न

SamacharDesk – Ram Dangol | २०८० कार्तिक ९, बिहिबार

प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा पाया  (खड्ग जात्रा) सम्पन्न गरेका छन् ।

काठमाडौंको असनमा बुधबार असं चालंका रुपमा सबैभन्दा कनिष्ठ बालकलाई थाकुली बनाएर पायाः (खड्ग जात्रा) निकालेको छ ।

यो वर्ष खापामरु दुवाःका धर्मवीर सिं तुलाधरका नाती योगेन्द्र रत्न तुलाधर र अनिशा तुलाधरका छोरा रत्न तुलाधरलाई थाकुली (नाइके) बनाएर असं पायाः निकाल्ने कार्य सम्पन्न भएको छ ।

हिजो सम्पन्न पायाःका क्रममा दमरु बजाएर असनको असंभलु अजिमा, कुमारी, गणेश, नारयाण, माछा ढुंगाको परिक्रमा गरेर आगम घरै पुगेर सम्पन्न भएको थियो ।

यसक्रममा सबैभन्दा पहिला सानो थाकुलीको हातबाट र त्यसपछि रोलक्रम अनुसार ठूलो बालकहरुबाट असुरसका प्रतिक कुभिण्डोमा मार हानेर पायाः गरेको थियो ।

यसरी सबैभन्दा सानो बालक नाइकेको घरदेखि बाजागाजासहित आगम घरसम्म ल्याइपु¥याइने चलन रहेको छ । समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको बताइन्छ ।

स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन चालं दशमीको दिन मनाउने अन्तर्गत अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चात्ताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् ।

विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ ।

Categorized in संस्कृति