arin enterprises

एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण २१, शुक्रबार

कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । गएरातिको भएको अन्तिम दोश्रो लेगको सेमिफाइनल खेलमा लेभान्तेलाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले फाइनल यात्रा तय गरेको हो ।

बिल्बाओले गए रातिको खेल २–१ ले र समग्रमा ३–२ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा अग्रता भने लेभान्तेले लिएको थियो । खेलको १७ औं मिनेटमा गोल गर्दै रोजर मार्टिले लेभान्तेलाई अगाडी बढाए । तर ३० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै राउल गार्सियाले बिल्बाओलाई खेलमा फर्काए ।

समग्रमा खेल २–२ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय १२ औं मिनेट एलेक्स बेरेनगरले गोल गर्दै बिल्बाआको जितको निर्णय गरे ।

अब फाइनलमा एथ्लेटिक बिल्बाओको उपाधी भिडन्त बार्सिलोनासँग हुनेछ । फाइनल खेल आउँदो अप्रिलको १७ मा स्पेनको सेभियास्थित ला कार्टुजा मैदानमा हुनेछ ।

Categorized in स्पाेर्ट्स