एट्लेटिको म्याड्रिड पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २३, सोमबार

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ ।
गयरातिको खेलमा एट्लेटिकोलाई सेभिल्लाले १–० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलेको सेभिल्लाको लागि मार्कोस अकुनियाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेको थियो ।
यो जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंक जोडेर चौथो स्थानमा छ भने समान खेलमा ६६ अंकले एट्लेटिको शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
