arin enterprises

स्पेनिस ला लिगामा : एट्लेटिको म्याड्रिडको सान्दार जित, रियल म्याड्रिड बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ६, सोमबार

स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले सान्दार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले एइबारलाई ५–० गोलले पराजित गर्दै सान्दार जित हासिल गरेको हो ।

एट्लेटिकोका लागि कोरिआले ४२ र ४४ मिनेटमा गरी दुई गोल गरे। कारास्कोले ४९ मिनेटमा एक गोल थपे ।

लोरेन्टेले ५३ मिनेट र ६८ मिनेटमा गरी दुई गोल गरेपछि एट्लेटिकोले ५–०ले खेल आफ्नो पोल्टामा पारे ।

गयरातिको अर्को खेलमा दोस्रो स्थानको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ । रियललाई गोटाफेले गोलरहित बराबरीमा रोकेको हो ।

अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३१ खेलबाट ७० अंक छ। दोस्रो स्थानको रियलको ६७ अंक छ ।

एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६५ अंक रहेको छ ।

Categorized in स्पाेर्ट्स