arin enterprises

भारतसँगको तेश्रो खेलमा अस्ट्रेलिया अल आउट

SamacharDesk – स्पाेर्ट्रस ब्यूराे | २०७७ पौष २४, शुक्रबार

सिडनीमा जारी भारत र अस्ट्रेलियाबीचको टेस्ट मैच अन्तर्गत तेश्रो खेलमा भारतले अस्ट्रेलियालाई अल आउट गरिदिएको छ ।

पहिलो इनिङ्गसमा भारतले अस्ट्रेलियालाई ३ सय ३८ रनमा अलआउट गरिदिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि स्टीवन स्मिथले शतकीय इनिंग्स खेल्दै १६ चौकाको मद्दतले २ सय २६ बलमा १ सय ३१ रन बनाए । त्यस्तै मार्नस लाहुशेनले ९१ र विल पुकोव्स्कीले ६२ रनको योगदान दिए ।

बलिङतर्फ स्पिनर रविन्द्र जाडेजाले ६२ रन खर्च गर्दै ४ विकेट लिए । जसप्रीत बुमराह र नवदीप सैनीले २/२ र मोहम्मद सिराजले एक विकेट लिए ।

Categorized in स्पाेर्ट्स